देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हित बहादुर तामाङलाई फिर्ता बोलाएर रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने तयारी

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्ने भएका छन्। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई समेटर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक हप्ताभित्र आफू मन्त्री बन्ने बताएकी छन्। प्रधानमन्त्री दाहालले हप्ता दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने वाचा गरेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले नुवाकोटका हितबहादुर तामाङलाई फिर्ता बोलाएर रञ्जितालाई मन्त्री बनाउन लागेका हुन्। 

पार्टीको विवाद उत्कर्षमा पुगका बेला अध्यक्ष रञ्जिताले सरकारमा आफू नजाने बताएकी थिइन्। उनले कैलालीकै सांसद अरुण चौधरीलाई मन्त्री बनाउने आवश्वासन दिए पनि आफैं मन्त्री बन्ने तयारी गरेकी हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार