देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हिमालयन लघुबित्तले कर्जा मिनाहा गरि किरिया खर्च समेत उपलब्ध गरायो

0

काठमाडौं – हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय पाटिभन्ज्याङ सिन्धुपाल्चोकले सदस्यको श्रीमानको मृत्युमा बिमा बापतको रकमबाट कर्जा मिनाहा गरि काज किरिया खर्च समेत उपलब्ध गराएको छ ।

संस्थाले नुवाकोटको शिवपुरी गाउँपालिका – २ अन्तर्गत रहेको केन्द्र नम्बर ३६ को सितामाया तामाङ को श्रीमान को मृत्यु पश्चात् लिएको कर्जा मिनाहा गरि काज क्रिया खर्च बापतको ६२५०० रकम चेक मार्फत शाखाका शाखाप्रमुख श्री पुरुषोतम आचार्यले सोमबार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा शाखाका शाखाप्रमुखले स्व.रेशम बहादुर तामाङको लघुकर्जा लिँदा लघुबीमा गरिएकोले संस्थाले विमा दाबीभुक्तानी उपलब्ध गराएको बताउँदै संस्थाको नीति नियम तथा सेवा सुविधाको बारेमा जानकारी गराएका थिए ।

संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपलब्ध गराएकोमा परिवारले आभार व्यक्त गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार