देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हिमालयन लाइफको संस्थापक शेयर बिक्री खुल्ला

0

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि बिक्री खुल्ला गरिएको छ ।

स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको हो ।

चैत २० गतेसम्म आवेदन खोलिएको शेयरको इच्छुक खरिदकर्ताहरूले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको यो शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

यस अघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी भएको थियो । उक्त समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी विक्रीमा आएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार