देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

0

काठमाडौं – उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरपालीका नाममा अन्तरिम आदेश दिएको छ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो।

शैक्षिक मेला सुरु भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए।

महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएकाले बन्द गराइएको उनीहरूको तर्क थियो।

अदालतले भने संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार