देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हुम्लाको नाम्खा गाउँपालिकाले पायो सरकारी जग्गा उपभोग प्रमाणपत्र

0

काठमाडौं – हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो नाममा जग्गा उपभोग प्रमाण पत्र प्राप्त गरेको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गाउँपालिकाले आवश्यक परेको काममा उपभोग गर्ने गरी गाउँपालिकाको नाममा जग्गाको उपभोग प्रमाणपत्र प्राप्त गरेको हो।

धेरै लामो प्रयासपछि गाउँपालिकाले आफूलाई आवश्यक पर्ने काममा प्रयोग गर्न जग्गाको उपभोग प्रमाणपत्र गाउँपालिकाको नाममा आएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले बताए ।

यसअघि फागुन २८ गते मन्त्रिपरिषदको निर्णय नम्बर २८ मा गाउँपालिकाले आवश्यक काममा प्रयोग गर्न गाउँपालिकाको नाममा जग्गा दिने निर्णय गरेको थियो।

सो निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको फागुन ३० गतेको पत्र र भूमि व्यवस्थापन तथा अभिलेख विभागको चैतको पत्रानुसार नेपाल सरकारको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा मध्यबाट साविक हुम्ला जिल्ला मुचु गाविस–१ को कित्ता नम्बर ४२ को ६ हजार ८५६ दशमलव २४ वर्गमिटर र कित्ता नम्बर ४३ को दुई हजार ८१७ दशमलव ५३ वर्गमिटर गरी कुल नौ हजार ६७३ दशमलव ७७ वर्गमिटर जग्गा गाउँपालिकाको नाममा ल्याइएको उनले बताए।

अध्यक्ष लामाका अनुसार उपभोग प्रमाण पत्र गाउँपालिकाको नाममा आएपछि पहिलो कुरा आफ्नै संरचना निर्माणको बाटो खुलेको छ। गाउँपालिकाको नाममा जग्गा नहुँदा धेरै पटक भवन निर्माणका लागि बजेटको ब्यवस्था भए पनि फिर्ता पठाउनुपर्ने बाध्यता परेको उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार