देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हुम्लामा हिमपात शूरु, तापक्रम माईनस ८ डिग्री

0

हुम्ला – कार्तिकको अन्तिम दिनबाटै हुम्लामा हिमपात शुरु भएको छ । आईतबार रातीबाट हुम्लामा हिमपात शुरू भएपछि तापक्रम माईनसमा झरेको छ भने जाडो अत्याधिक बढेको छ ।

हिमपात हुँदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित बनाएको छ । हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा एक फिट भन्दाबढी हिउँ जमेको छ भने अहिले सदरमुकाम सिमकोटमा २ ईन्च हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

आइतबार रातीदेखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाईसेवा बन्द भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । हिमपातले चिसो बढेसँगै तिहारको अन्तिम दिन भाईटिकमा टिका थाप्न जानेहरुलाई हिमपातले समस्या पार्ने देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार