देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन

0

काठमाडौँ – हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने छन् ।

जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव र तीनजना उपाध्यक्षमा  हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् ।  महासचिवमा मिश्रका साथै डा.भरतकुमार थापा रहेका छन् ।

२०७४ सालमा स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर निर्वाचन जितेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार