देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

उनले आउँदो साता आफ्‍नै नेतृत्वमा घोषणा गर्नलागेको नयाँ पार्टीको नाम चाहिँ ‘जनता प्रगतिशील पार्टी-नेपाल’ हुने जानकारी त्रिपाठीले दिए ।

‘पार्टीको राजनीतिक दस्तावेज तयार गरिँदैछ’ त्रिपाठीले भने, ‘आउँदो मंसिर २८ का दिन पार्टीको नाम र राजनीतिक दस्तावेज सार्वजनिक गर्दैछौं ।’

बहुदल पुन:स्‍थापनायता मधेसवादी पार्टी राजनीतिमा संलग्न त्रिपाठीले २०७४ को चुनावमा भने एमाले चिन्ह प्रयोग गर्दै चुनावी मैदानमा होमिएका थिए । त्रिपाठी बहुदलपछि निरन्तर सांसद हुँदै आएका छन् ।

गएको संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्हबाट सांसद बनेपनि उनी आफूलाई ‘स्वतन्त्र सांसद’ भन्न रुचाउँथे । एमाले केपि ओली सरकारका पनि मन्त्री थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार