देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेटौंडामा टर्मिनल भवन निर्माणका लागि २० करोडको ऋण सम्झौता

0

काठमाडौं – मकवानपुरको हेटौडा उपनगरपालिकामा व्यवस्थित बस टर्मिनल भवन बन्ने भएको छ । टर्मिनल बनाउन हेटौंडा उपमहानगर र नगर विकास कोषबीच २० करोड ६९ लाख रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ ।

हेटौंडामा व्यावसायिक क्रियाकलापलाई बिस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यका साथ बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको हो ।

हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतबीच २० करोड ६९ लाख ९८ हजार रुपैयाँ बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

हेटौंडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सौन्दर्यताको लागि सुविधा सम्पन्न बस टर्मिनल भवन क्षेत्रमा सानाठूला गरी १३० ओटा गाडीहरु एकै साथ पार्किङ्ग गर्न सकिने सुविधा रहेको छ ।

साथै यस व्यावसायिक भवनभित्रको दुईतले बेसमेन्ट पार्किङमा ९० वटा चारपाङ्ग्रे र २५० वटा दुईपाङ्ग्रे सवारी साधनका लागि पार्किङ सुविधा छ जसले हेटौंडा बजारमा रहेको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ व्यवस्थापनमा सहयोग पुग्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार