देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुका किसानलाई गाउँपालिकाले दियो अनुदानमा रासायनिक मल

0

(सिन्धुपाल्चोक) – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले गाउँपालिकाको अनुदानमा रासायनिक मल पाउने भएका छन् । यसअघि कृषि उत्पादन बढाउन कृषकलाई  रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार यो मल उपलब्ध गराउन लागेको हो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबार देखी हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरि आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् । “अब हिउँद बर्षा दुबै खेती लगाउने समयमा नियमित रूपमा गाउँपालिकाले आवस्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउने छ ।” शेर्पाले भने ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको शाल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन । स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २३०० मा वडा वडामा  वितरण गरिने शेर्पाले बताए ।

कृषी उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पा को भनाइ छ । उनी भन्छन् ” रासायनिक मलमा अनुदानको अलावा आगामी बर्ष देखी कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत ब्यबस्थापन गरिदिने छ ।”

कोरोना संक्रमण रोकथामका लागि घरमै बसेका किसानलाई मल अनुदान दिएर कृषिमा प्रोत्साहन गरेको गाउँपालिकाले यसअघिनै सबै नागरिक को घर-घरमा पुगेर स्वास्थ परिक्षण गरि नियमित औषधि खाने दीर्घ रोगी हरुलाई निशुल्क औषधि वितरण गरिसकेको छ ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार