देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुको शैक्षिक सुधारको लागि ३ वर्षे डेनिस प्रोजेक्ट स्वीकृत

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि ३ वर्षे डेनिस प्रोजेक्ट स्वीकृत भएको छ । विगत एक बर्षदेखीको निरन्तर प्रयासको सुखद नतिजाको मंगलबार जानकारी प्राप्त भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बु गाउँपालिका र डेनमार्कको CICED संस्थाको संयुक्त प्रयास तथा जस्ट नेपाल फाउण्डेशन सँगको सहकार्यमा संचालन हुने यस प्रोजेक्टले हेलम्बु गाउँपालिकाको ३५ वटै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी हुने कुरामा आफु विश्वस्त रहेको अध्यक्ष शेर्पाले बताए ।शेर्पाले भने ‘यो कार्यक्रम लागु भएपछी हेलम्बु गाउँपालिकाले सञ्चालन गर्न लागेको नमुना विद्यालयको लक्ष्यप्राप्तिमा थप टेवा पुग्नुका साथै समग्र हेलम्बुको शिक्षामा आमुल परिवर्तन आउनेछ ।’

यस प्रोजेक्टले हेलम्बु गाऊँपालिकाको नमूना गाऊँपालिका निर्माणको अभियानमा सार्वजनिक शैक्षिक गुणस्तर सुधारमा धेरै ठुलो टेवा पुग्ने अपेक्षा लिएको भन्दै शेर्पाले CICED, जस्ट नेपाल फ़ाउण्डेशन लगायत सरोकारवाला सम्पूर्णमा बधाई दिएका छन् ।

अध्यक्ष शेर्पाका अनुसार उक्त परियोजनासँग सम्बन्धित सम्पुर्ण कार्यक्रमहरु हेलम्बु गाउँपालिका र दातृ संस्थासँगको समझदारिमा तय हुनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार