देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘हेलम्बुलाइ विकास र समृद्दीको उचाइमा पुर्याउँछु’ – निमा ग्याल्जेन शेर्पा

0

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पाले समृद्ध र नमुना हेलम्बुको सपना साकार पार्नका लागि पुन: एकपटक हेलम्बुमा काँग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

विकासका पर्याय तथा समुन्नत भविष्यका मार्गदर्शकका रुपमा आफ्नो कार्यकाललाई नमुना बनाएका शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी केवल निरन्तरता मात्रै नभई एक दशक मै हेलम्बुलाइ विकास र समृद्दीमा उचाइमा पुर्याउने प्रणका साथ जनताको माझ आएको बताएका छन् ।

उनले आफु कुराले होइन कामले देखाउनुपर्छ भन्ने स्वाभावको भएकोले सबैको साथ र सहयोगको अपेक्षा सहित समृद्द हेलम्बु बनाउने अभियानमा एक मनले लागेर नेपाली काग्रेसको सिंगो टिमलाइ विजय बनाउन अनुरोध समेत गरेका छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –

म निमा ग्याल्जेन शेर्पा, हेलम्बुको तार्तुङमा सामान्य परिवारमा जन्मिएर हुर्किएको हुँ । घरबाट टाढा रहेको विद्यालय सरस्वती उच्च मावि ग्याल्थुम अध्ययन गरि राजनीतिमा लागेको एक सिपाही हुँ । तपाइहरूकै मायाले इलाका सदस्य, नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको महासमिति सदस्यमा पटक पटक निर्वाचित भएँ भने २०६४ सालमा संविधाान सभा सदस्यमा कांग्रेसबाट उम्मेद्वार बनेको थिएँ । तपाइहरूको अपार माया, पार्टीका अग्रजहरूले मलाइ गर्नु भएको विश्वासले म अहिले हेलम्बुको विकासको जग बसाल्ने एक सच्चा सिपाही बनेर उभिएको छु ।

२०७४ मा हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएसँगै मैलैं र हाम्रो टिमले सातवटै वडामा विकासको मुल फुटाएका छौं । नमुना हेलम्बु गाउँपालिका बनाउन अहोरात्र खटेर विकासमा २ स्टेप अगाडि पुर्याएका छौं ।

सातवटै वडामा चौडा भएका बाटोलाइ कालोपत्रे गर्न, मेलम्ची बाढीले तहसनहस पारेको स्थानीय बजारहरू तिम्बु, किउल, गणेशे, चनौटे, ग्याल्थुम लगायत बजार, बगर बनेका खेतियोग्य जमिन, माछा पालन तथा कृषि ब्यवसायलाई फेरि सञ्चालन गर्न र वैज्ञानिक ढंगले खोलाको पुरानै ट्रयाकमा बगाउनको लागि,देशकै गौरवको विषय बनेका हिमालयन ग्रेट ट्रेल पूरा गर्न, गाउँपालिका भर ८ देखि १२ कक्षासम्म सम्मान र गुणस्तरीय शिक्षा दिन खोलिएको नमुना विद्यालय पूरा गर्न, पर्यटकीय नगरिको रूपमा हेलम्बुलाइ स्थापित गर्न, स्वास्थ्यलाइ आधारभूत रूपमै हेलम्बुवासीको अधिकार स्थापित गराई निशुल्क गाउँपालिकामा उपचारको ब्यवस्था गर्न, गाउँमै हजारौं युवालाइ कृषि, पर्यटन, उद्योग खाली रोजगारी दिन, आर्यआजन र सामाजिक सुरक्षालाइ थप अगाडि बढाउन, सुरक्षा ब्यवस्थालाइ बलियो बनाइ नागरिकको जीउधनको रक्षा गर्न, सुत्केरी आमाहरू र बच्चाको उचित हेरचाह र सुविधनसम्पन्न प्रसुति गृहको स्थापना गर्न, एकल पुरूष र महिलाको भत्तालाइ थप ब्यवस्थित बनाउन, संस्कृति संरक्षण अभियन्तालाई थप सशक्त बनाउन लगायत धेरै काम गर्ने अठोटका साथ म फेरि उम्मेद्वार बनेको हुँ ।

मेरो उम्मेदवारी केवल निरन्तरता मात्रै नभई एक दशक मै हेलम्बुलाइ विकास र समृद्दीमा उचाइमा पुर्याउने प्रणका साथ तपाइहरू माझ आएको छु ।

काम गर्ने क्रममा मेरो पनि केही भुल वा कमजोरी जानेर वा नजानेर भएको हुन सक्छन् । ‘मित्रले आलोचना गर्छ, शत्रुले घृणा गर्छ’ भने झैं तपाइहरू सबै मेरो मित्र भएकोले आचोलना, सुझाव, सल्लाहको सदैव अपेक्षा गर्दै त्यसलाइ शिरोधार्य गर्दै अगाडि बढ्नेछु ।

म कुराले होइन कामले देखाउनुपर्छ भन्ने स्वाभावको भएकोले तपाईहरू अग्रज गुरूहरू, पार्टीका नेतागण, विपक्षी पार्टीका साथीहरू, शुभेच्छुक सबैलाइ साथमा लिएर हिड्ने छु । तपाइहरूको साथ र सहयोगको अपेक्षा सहित समृद्द हेलम्बु बनाउने अभियानमा एक मनले लागौं । म सहित नेपाली काग्रेसको सिंगो टिमलाइ विजय बनाउन अनुरोध गर्दछु ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार