देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुले बुझायो प्रधानमनत्रीलाई ११ बुँदे ज्ञापन पत्र (पुर्ण पाठ)

0

सिन्धुपाल्चोक – सुख्खायाम सँगै काठमाडौंबासीको प्रमुख प्रथमिकतामा रहेको बहुप्रतिक्षित मेलम्चि खानेपानि आयोजा आजबाट पुन: सञ्चालनमा आएको छ ।

खानेपानि मन्त्री उमाकन्त चौधरीले मंगलबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहानबाट सुरुङ मार्फत पानिको पथान्तरण गरेसँगै काठमाडौंबासीको प्यास अब छिट्टै मेटिने भएको हो ।

मेलम्चिकोपानि सुरुङमार्फत पथान्तरण गर्दै मन्त्री चौधरिले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर सुरुङ मार्फत पानिको पथान्तरण गरेका हुन् ।गत असार १ र१६ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सोहि अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सरकारको ध्यानाकर्षण गराउँदै खानेपानि मन्त्री उमाकन्त चौधरी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

११ बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढिपिडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार ५००००० (पाँच लाख) रुपैंयाँ तोकिएकोमा उक्त रकम बढाएर प्रतिपरिवार कम्तिमा १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध समेत गरेका छन् ।

‘मेलम्चीको पानी काठमाडौं लगेवावापत रोयल्टीको र विक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड वापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल भएको छैन । तसर्थ उल्लेखित विषयहरु समाधानका लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन–पत्र को पुर्ण पाठ –

सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

सिंहदरवार, काठमाडौँ ।

काठमाडौँमा नजिकैको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका हिमाली भेगको गाउँपालिका हो । हेलम्बु  धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर र प्राकृतिक सौन्दर्यताले भरिएको गाउँपालिका हो । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले ठूलो भेगको प्रतिनिधित्व गर्दछ । यस भेगलाई ह्योल्मो क्षेत्र भनेर पनि चिनिने गरेको छ । 

राज्यको पुनःसंरचनासँगै साविक हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोक गाउ“विकास समिति मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण र सीमाना निर्धारण भएको हो । ७ वटा वडा रहेको यस गाउ“पालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउ“पालिकाको सीमाना उत्तरमा रसुवाको गोसाईकुण्ड गाउँपालिका, दक्षिणमा मेलम्ची नगरपालिका, उत्तरपुर्वमा नुवाकोट र पश्चिममा पाँचपोखरी गाउँपालिका रहेको छ । यस पालिकामा तामाङ जातिको बाहुल्यता रहेको छ । ह्योल्मो, क्षेत्री, बाहुन, दलितलगायतका जातिहरु पनि बसोबास गर्छन् । गाउँपालिकाको माथिल्लो भेगमा ह्योल्मो समुदाय बस्छन् भने विचको भागमा अन्य समुदाय वसोवास गर्छन् ।

हेलम्बु राजधानी नजिकैको पुरानो ट्रेकिङ रुट पनि हो । हेलम्बु भन्ने वितिक्कै पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ ।  हिमालको दृश्य,ह्योल्मो, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । हेलम्बुलाई धार्मिक, पर्यटकीय र प्राकृतिका सौन्दर्यताको संगमस्थल मान्न सकिन्छ । यस भेगमा बिभिन्न समयमा मिलारेप्पा, गुरुरिन्पोन्छे, पद्मसम्भवलगायतका अतिविशिष्ट धार्मिक गुरुहरुले भ्रमण गरेको, ध्यान केन्द्र बनाएको र लामो समय बिताएको किम्बदन्ती पाइन्छ ।

गाउँपालिकामा रहेका आकर्षक हिमश्रृङ्खला तथा धार्मिक क्षेत्रको अवलोकन गर्न बेलाबेलामा पर्यटकको घुइचो लाग्ने गरेको छ । गाउ“पालिकाको गठन र नेतृत्व चयनपछि राष्ट्रिय गौरवको योजनाको रुपमा हेलम्बु ग्रेट ट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल) को निर्माण शुरु गरिएको छ । ग्रेट ट्रेल ६० किलोमिटर लामो हुनेछ भने लागत अनुमान करिव ४ अरव छ । ग्रेट ट्रेलको निर्माणले विश्वमा चीनको ग्रेटवालपछिको झझाल्को दिने र दोस्रो ट्रेलको रुपमा परिचित हुने छ । यसले हेलम्बु गाउँपालिकाको मात्रै नभई देशकै गौरवको योजनाको रुपमा चिनाउँने अपेक्षा गरिएकोछ । गाउँपालिकासँग स्रोतसाधन सीमित भएकाले हाल प्रदेश तथा सङ्घीय सरकारको सहयोगबाट १ किलोमिटर ग्रेटवाल निर्माण गरिएको छ । काठमाडौँमा हाल ६० लाख हाराहारी मानिस बसोवास गर्ने भएकाले नजिकैको पर्यटकीयस्थल हेलम्बु उनीहरुका लागि आकर्षक भ्रमणस्थल हुने विश्वास गर्न सकिन्छ । यसबाट आन्तरिक पर्यटककको माध्यमबाट पनि यस भेगको अर्थतन्त्रमा धेरै ठूलो सहयोग हुने अपेक्षा गर्न सकिन्छ । यस भेगको अधिकांश भू–भाग पहाड र सुन्दरडाँडापाखाले भरिएको छ । गाउँपालिको विभिन्न भू–भाग समुन्द्री सतहबाट करिब १००० मिटरदेखि ५००० मिटर सम्मको उचाईमा रहेको छ । हेलम्बु गाउँपालिका अतिसुन्दर, रमणिय जुगल हिमालको नजिक याङरीमाडाँडाको काखमा रहेको छ । आमायाङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थलहरु रहेको यस भेगमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकनका लागि मान्छेहरु लालायित हुने गरेका छन् । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा, आकर्षक प्राकृतिक सौन्दर्यता र स्वच्छ वातावरणका कारण यो क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मानिएको हो ।

हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको छ । मेलम्ची खानेपानीको टनेलको ७५ प्रतिशत भाग यसै गाउँपालिका भित्र पर्दछ । दोस्रो चरणको याङग्री र लार्के आयोजनाको टनेल मार्ग पनि ५० प्रतिशत यसै गाउँपालिका भित्र पर्दछ । गाउँपालिकाको धेरै भू–भाग लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । निकुञ्ज भित्र विश्वमै दुर्लभ रहेको रेड पाण्डाको अवलोकन गर्न सकिन्छ ।

२०७८ असार १, श्रावण १६ र १७ गते आएको अकल्पनीय बाढीकाकारण यस गाउँपालिकामा पर्ने बहुचर्चित मेलम्ची खानेपानीको मुहान क्षतिग्रस्त भयो । गाउ“पालिका अन्तर्गत मेलम्ची खोला आसपासका अधिकांश बस्तीहर तिम्बु, हल्दे, चिउरीखर्क, किउल बगर, गणेशे, चनौटे, ग्याल्थुम, पाल्चोक वेशीलगायतका ३०९ घर पूर्ण रुपमा क्षति भयो । व्यवसायिक रुपमा रहेको १० ओटा ट्राउट माछा फर्म, १८७३ रोपनी खेतीयोग्य जमिनको सवै भाग बगरमा परिणत भयो । यस क्षेत्रका ६ वटा मोटरवेल पुल र ७ वटा झोलुङ्गे पुललगायतका संरचना पूर्ण रुपमा क्षति भयो । खानेपानी आयोजनामा कार्यरत ३ जना चिनिया“, ३ जना भारतीय र २ जना नेपालीसमेत २४ जना नागरिकलाई बाढीले बगाएको थियो । १५ जना नेपाली र ५ जना विदेशी अझै बेपत्ता छन् । बढीपछि यहाँको सडकलगायत विभिन्न संरचना निर्माणको लागि गाउँपालिकासँग भएको न्यून स्रोतबाट मात्रै भएको छ । सङ्घीय सरकार, प्रदेश सरकारबाट स्थानीय चटौटेस्थित रातोपुलमा रहेको बेलिब्रीजको निर्माण बाहेक कुनै पनि आर्थिक सहयोग गाउँपालिकालाई प्राप्त भएको छैन । विपद्का बेलामा बस्ती संरक्षणलगायत राहत वितरणको कार्यमासमेत अत्यन्त कठिनाईको अवस्था व्यहोर्नु परेको जानकारी गराउँछौँ । समग्रमा भन्नुपर्दा बाढीपहिरोपछि हेलम्बु–मेलम्ची क्षेत्रको संरक्षण र विकासका लागि अधिकारसम्पन्न समिति गठन गरेर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर योजनावद्ध रुपमा अघि बढ्नु आजको आवश्यकता हो ।

 सम्माननीय प्रधानमन्त्री ज्यू,

उल्लेखित घटनालगायत अन्य महत्वपूर्ण विषयका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री ज्यूको आजको यस भ्रमणले सम्वोधन गर्ने अपेक्षा हामीले गरेका छौं । त्यसका लागि प्रधानमन्त्रीज्यू समक्ष तपसिलका समस्या हल हुने अपेक्षासहित ज्ञापन पत्र पेश गर्दछौँ ।

१. मेलम्ची खानेपानीको लेवि तथा मुनाफा बाँडफाँडः– देशकै राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी काठमाडौँ पठाउँदै गर्दा हालसम्म स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने परिस्थिति बनेन । आइएलओ १६९ को मापदण्ड अनुसार पाउनुपर्ने स्थानीय प्राकृतिक स्रोतको अधिकार सुनिश्चित गरिएको छैन । मेलम्चीको पानी काठमाडौं लगेवावापत रोयल्टीको र विक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड वापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल भएको छैन । तसर्थ उल्लेखित विषयहरु समाधानका लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं । 

२. कल्पना बाहिरको विनाशकारी बाढीका कारण ३०९ घरहरु पूर्ण रुपमा खोलाले बगाएको छ । हाल पीडितको आवास पुनर्निर्मााणको चरणमा रहेको छ ।  सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार ५००००० (पाँच लाख) रुपैंया“ तोकिएको छ । अहिले सवै पीडिहरुस“ग घर बनाउने रकम छैन ।  उपलब्ध गराउने भनिएको उक्त न्युन रकमले घर निर्माण हुने सम्भावना छैन । त्यसैले संघीय सरकारबाट थप रकमको व्यवस्था गर्न अनुरोध गर्दछौं ।  मेलम्ची खानेपानीकै मुहान हेलम्बु गाउँपालिकामा पर्नेभएकाले आयोजना प्रभावितका हैसियतमा पनि थप रकम पाउनु हाम्रो अधिकार हो ।  तसर्थ प्रतिपरिवार कम्तिमा १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिनहुन अनुरोध गरिन्छ । बाढीबाट मृत्यु र वेपत्ता भएका परिवारका लागि गाउँपालिकाले विपद्कै समयमा १÷१ लाख रुपैँया उपलब्ध गराएको थियो । मृत्यु भएकाहरुको आश्रित परिवारलाई सङ्घीय सरकारबाट प्रतिपरिवार क्षतिपूर्ति स्वरुप कम्तिमा १० लाख उपलब्ध गराउने व्यवस्था मिलाईदिनहुन प्रधानमन्त्रीज्यू समक्ष माग गर्दछौं । 

३. बाढीका कारण आशिंक क्षति भई बाँकी रहेका वस्तीहरु तिम्बु, किउल, चनौटे र ग्याल्थुम बजारको  अस्तित्व नै हराएको छ । यि स्थानीय बजार निर्माणको सम्भाव्यता अध्ययन गरेर ठोस योजनासहित तत्काल बजेटको व्यवस्थाका लागि अनुरोध गरिन्छ । साथै सडकहरुको संरक्षण आगामी वर्षा अगावै हुनुपर्छ । उक्त काम कुन निकायबाट गर्ने हो ? त्यसको यकिन गरेर खोलालाई पुरानै धारमा फर्काउने व्यवस्थाको लागि यथासिघ्र बजेटको व्यवस्था गर्न हुनुपर्ने देखिन्छ । बाढीले बगाएको तथा पुरिएका खेतियोग्य जमिनको अध्ययन गरी तत्काल क्षतिपूर्तिको व्यवस्था मिलाउन जोडदार माग गर्दछौं । 

४. हेलम्बु गाउँपालिकामा गत असार र श्रावणमा आएको बाढी तथा बर्षेनी हुने भू–क्षयको कारण बस्तीहरु अति जोखिममा छन् ।  यस्ता बस्तीलाई एकीकृत गरेर सुरक्षित स्थानमा बस्ती विकास कार्यक्रम सञ्चालन गर्नु अति जरुरी छ । हिमाली नयाँ शहरको विकास गर्नको लागि सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको हिमाली शहर कार्यक्रम यहा“ लागू गर्न अनुरोध गर्दछौं । उक्त कार्यक्रम हेलम्बु गाउ“पालिकामा यसै आर्थिक वर्षदेखि समावेश गर्नुपर्ने माग हाम्रो रहेको छ । हेलम्बुलाई नयाँ शहर स्थापनाको लागि अविलम्ब कार्यक्रममा समावेश हुने विश्वास हामीले लिएका छौं । 

५. बाढीको समयमा यस भेगका व्यवसायिक ट्राउट फर्मलगायतका कृषिस“ग सम्बन्धित व्यवसायसमेत पूर्ण रुपमा क्षति भएको छ । व्यवसाय सञ्चालनका लागि लिएको ऋण तिर्न नसकेर व्यवसायिहरु संकटमा छन् । उनीहरु बैँकको ऋणमा डुबेका छन् । व्यवसाय नभएका कारण व्यवसायीको व्याज तथा साँवा तिर्नसमेत नसक्ने अवस्थामा छ । तसर्थ कम्तिमा पाँच वर्षको लागि व्याजमा छुट तथा नयाँ व्यवसाय सञ्चालन गर्न सहुलियत व्याजदरमा ऋणको व्यवस्था गरिदिन जोडदार माग गर्दछौं । 

६. हेलम्बु–मेलम्ची खानेपानी मुहान तथा जलाधार क्षेत्र संरक्षण समितिः खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुमा रहेका कारण सरकारले छुट्टै संरचना खडा गरेर मेलम्ची खानेपानीको मुहान क्षेत्रको संरक्षण, तटीय क्षेत्रको वस्ती संरक्षणलगायतका कार्यहरु गर्न उचित हुने देखिन्छ । हेलम्बु खानेपानी मुहान तथा जलाधार क्षेत्र संरक्षण समिति गठन गरेर प्रत्येक वर्ष सरकारले उक्त समितिलाई बजेट व्यवस्था गर्दा प्रभावकारी काम हुन सक्छ । यसका लागि छिटोभन्दाछिटो त्यस्तो समिति गठन गर्न माग गर्दछौं । 

७. हेलम्बु ग्रेट ट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल) – यस गाउँपालिकामा विगतदेखि नै निर्माणाधीन हेलम्बु ग्रेट ट्रेलको लम्बाई ६० किलोमिटर रहेको छ । यसको लागत अनुमान ४ अरव रहेको छ । गाउँपालिकाको स्रोतले मात्र निर्माण गर्न असम्भव रहेकाले सरकारले चालू आर्थिक वर्षको बार्षिक कार्यक्रममा समावेश गरेर बहुवर्षीय आयोजनाको रुपमा बजेटको व्यवस्था गरिदिनुहुन जोडदार माग गर्दछौं । 

८. मेलम्ची–मेलम्चीघ्याङ । रातोपुल–देवीथान–पाल्चोक–शेर्माथाङ हु“दै तार्केघ्याङ सडक । शेरा–ग्याल्थुम गोल्फुभन्ज्याङ सडक । चनौटे–इचोक हु“दै घोप्टेघ्याङ सडक । तिम्बु–ककनी हु“दै तार्केघ्याङ सडक । चनौटे– पातिङ हु“दै कुटुमसाङ सडक । ढुँग्रेबजार ग्याल्थुम–मानेडाँडा हु“दै चित्रे सडक । रातोपुल–चुरेटार भिरखर्क निगाले सडक । किउल बगर– चित्रे निगाले हु“दै शेर्माथाङ सडक, तिम्बु श्युगुन्चे शेर्र्माथाङलगायतका सडक गाउँपालिकाको प्रमुख सडक हुन् । ति स्थानमा गाउँपालिकाले सडक चौडा गर्ने काम सकिसकेको हुँदा उक्त सडकहरुलाई सरकारले कालोपत्रेसहितको स्तरोन्नति लागि यथासिघ्र बजेटको व्यवस्था गरिदिन जोडदार माग गर्दछौं । 

९. हेलम्बु रसुवागढि सुरुङ मार्गः हेलम्बुदेखि रसुवाको स्याप्रुवेशीसम्म २२ किलोमिटर रहेको उक्त टनेलको पूर्व संम्भाव्यता अध्ययन भईसकेको छ । यसको विस्तृत अध्ययन गरेर टनेल निर्माण प्रक्रिया अगाडि बढाउन उपयुक्त हुन्छ । काठमाडौँबाट हेलम्बु ६० किलोमिटर टनेल रहेको ठाउँमा पुग्ने र त्यहाँबाट २२ किलोमिटर स्याप्रुवेशी पुग्न सकिने छ । त्यस्तै स्याप्रुवेशीबाट रसुवागढी ११ किलोमिटरसमेत जम्मा ९३ किलोमिटरमै राजधानी सम्म सामान ढुवानी गर्न सकिने छ । यसबाट वर्षायाममा सडक अवरोध नहुने भएकाले उक्त टनेल मार्गलाई सङ्घीय सरकारको प्राथमिकताको आधारमा समावेश गर्न उचित देखिन्छ । हामी उल्लेखित विषयमा सरकारले उचित कदम चाल्ने अपेक्षा राखेका छौं ।

१०.ऐतिहासिक भगवती मन्दीर पाल्चोकी माई तथा निन्देश्वरी मन्दीर संरक्षण र सम्वद्र्धनको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) समेत तयार भई सकेको छ । हेलम्बु गाउँपालिका गुम्बाको शहरको रुपमा पनि परिचित छ । हेलम्बु गाउँपालिका भित्र मात्रै ६० भन्दा बढी गुम्बा रहेका छन् । उक्त गुम्बा भूकम्पमा पूर्ण रुपमा क्षति भएको थियो । क्षति भएका मध्ये सीमित गुम्बाको मात्र मर्मत तथा निर्माण गरिएको छ । धेरै गुम्बाको पुनर्निर्माण हुन सकेको छैन । तसर्थ मन्दिर, गुम्बालगायतका धार्मिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माणका लागि गाउँपालिकामार्फत बजेटको व्यवस्था मिलाइदिन माग गर्दछौं । 

११. विगत देखि नै मेलम्ची खानेपानी आयोजनाको यस भेगमा प्राविधिक शिक्षालय स्थापना गर्ने विषयमा हालसम्म उक्त योजनाको कुनै पनि प्रक्रिया समेत अगाडि नबढेको हुनाले यस भेगमा विभिन्न सिपमुलक तालिमहरुबाट रोजगार सिर्जना गराउने उद्देश्यको लागि हेलम्बु गाउँपालिकामा नेपाल सरकारले एक प्राविधिक शिक्षालय स्थापनाको लागि आगामी आ.वको बजेटमा व्यवस्था गरि प्राविधिक शिक्षालयको स्थापन गरियोस भन्ने माग गर्दछौँ । 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार