देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले दिए केन्द्रिय सदस्यमा उम्मेदवारी

0

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काँग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता शेर्पाले पार्टी सभापती शेर बहादुर देउवाको प्यानलबाट बागमती प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

नेता शेर्पाले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील समेत गरेका छन् ।

२०६४ सालमै संविधान सभाको प्रत्यासी शेर्पा हेलम्बु गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखिनै विकासको पर्याय बनेर विभिन्न नमुनाका काम गरेर चर्चामा छन् । गत असार १ र १६ गतेको भिषण बाढीले तहसनहस बनाएको हेलम्बुलाई तत्कालै उचित ब्यवस्थापन गर्न सफल शेर्पा पछिल्लो समय सबैसामु परिचित छन् ।

देउवा प्यानलबाट ध्यन गोविन्द रञ्जित, ध्रुव प्रसाद अधिकारी र निमा ग्यालजेन शेर्पाको उम्मेदवारी परेको छ । यो उम्मेदवारी मिलाउने क्रममै रहेको तर बागमती प्रदेशमा बिशेषगरी जनजातीको वाहुल्यता रहेकोले समावेशीताको आधारमा आफ्नो उम्मेदवारी कायमै रहने र आफु विजयहुने कुरामा निश्चिन्त रहेको नेता शेर्पाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार