देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बु-मेलम्ची बाढी पहिरोको दर्दनाक दृश्य अन्तराष्ट्रिय कोप सम्मेलनमा (भिडियो सहित)

0

काठमाडौं – इजिप्टको शर्म एल शेख शहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औं अन्तराष्ट्रिय महासम्मेलन (कोप २७०) मा बुधबार नेपालको वृतचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ ।

उक्त सम्मेलनमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।सो सम्मेलनमा हेलम्बुबाट बाढीमा बगेर जिवितै रहेको भैंसिको वृत्तचित्रले पुरस्कार प्रप्त गरेको थियो ।

यती विशिष्ठ सम्मेलनमा हेलम्बुको विपत्ती समेटिनु खुशीको कुरा भएको भन्दै हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् ‘ यो वृत्तचित्रले मेलम्ची बाढीको पिडा हेलम्बुबासीको मात्र नभै समस्त नेपालीहरुको समस्या हो भन्नेकुराको प्रमाण पुष्टि गरेको छ । यसका साथै यो विपत्तीको अन्तराष्ट्रियकरण भएकोले दिगो समाधानकोलागी थप बल समेत पुगेको छ ।’

महासम्मेलनमा सहभागी साथसाथै फाउण्डेशनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्धेश्यले यो वृतचित्र निर्माण भएको बताइन् ।

महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविदसहितको टोली सहभागी छ । नेपाल प्रतिवेदनसँगै साथसाथै फाउण्डेसनले तयार गरेको वृतचित्र देखाइएको हो । उक्त वृतचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गरेका हुन् ।

निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले बेहोर्नुपरेको क्षति मात्र नभै आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताए ।

वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नवालीमा पुर्याएको क्षति समेटिएको उनको भनाइ छ ।

भिडियो –

https://www.facebook.com/prajeeta.karki.5/videos/481278237314177/

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार