देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बु र जुगलका विद्यालय सहित सबै सेवा स्थगित

0

सिन्धुपाल्चोक – हेलम्बु गाँउपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाको सबै सेवा स्थगित गरिएको छ । गाँउपालिकाले भोली बुधबारबाट अर्को सुचना नआएसम्मको लागि सेवा प्रवाह बन्द गरेको हो ।

गाँउपालिकाले कार्यालयका कर्मचारीहरुको १३ गते कोरोना परीक्षण गरिकोमा केही कर्मचारीमा कोरोना संक्रमण रहेको आज पुष्टि भएको हो । संक्रमित कर्मचारीसँग निकट रहेकाहरुको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जारी गरेको सुचनामा अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

गाँउपालिकाले १३ गते नै निर्णय गरि पालिकाभरीका सम्पुर्ण विद्यालय अर्को सुचना नभएसम्मको लागि बन्द गरिसकेको छ । सोमबार गाउँपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठक बसी गाउँपालिकामा सञ्चालित विद्यालय तथा सम्पूर्ण परीक्षा बन्द गरेको हो । साथै समितिले गैरसरकारी संस्थाद्वारा सञ्चालन गरेको सबै कार्यक्रम पनि स्थगित गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला कोेभिड १९ संकट व्यवस्थापन समितिको बैठकले भने जिल्लाका सबै विद्यालय वैशाख मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएपनि हेलम्बु गाँउपालिकाले भने सो निर्णय आउनुभन्दा अगाडी नै विद्यालय बन्द गर्ने आन्तरीक निर्णय गरिसकेको थियो ।

त्यस्तै जिल्लाको जुगल गाँउपालिकाले पनि अर्को सुचना नआएसम्मको लागि वैशाख १५ गतेबाट भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी गाँउपालिकामा समेत फैलन सक्ने भएकोले पालिकाका विद्यालयहरु बन्द गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार