देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हैदराबादसँग राजस्थान रोयल्स ८ विकेटले पराजित

0

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिगमा क्रिकेट (आइपीएल) मा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

दुबईमा बिहीबार राति मनिस पाण्डे र विजय शंकर चम्किएपछि हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रनमा अविजित रहे । विजय शंकर ५१ बलमा ६ चौका सहित ५२ रनमा अविजित रहे । मनिष र विजयले १ सय ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।

हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।

यसअघि राजस्थानले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसमा सन्जु सामसनले बनाएको ३६ रननै सर्वाधिक ठूलो रह्यो । राजस्थानका ब्याट्सम्यान कसैले पनि ठूलो स्कोर खडा गर्न सकेनन् ।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजि रहे । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १/१ विकेट लिए ।

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार