देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

होम आइसोलेशनमा बसेका विराटनगरका एक वृद्धको मृत्यु

0

मोरङ – कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका विराटनगर महानगरपालिका-५ का ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँथ मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेका थिए ।

असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार