देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

होलिमा उपत्यकाको सुरक्षा व्यवस्था कडा

0

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले मुख्य नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

होलीलाई मर्यादित र दुर्घटनारहित बनाउने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३ सय ट्राफिक प्रहरीलाई खटाइएकाे हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आज बिहानैदेखि दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार