देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

होलीमा ट्राफिकको कडाई – १०६ सवारी धनी कारबाहीमा

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – महानगरीय ट्राफिक प्रहरीले होली पर्व मनाउनेक्रममा अमर्यादित ढंगले सवारी साधन चलाउने १०६ जनालाई कारबाही गरेको छ। बिहीबार ट्राफिक प्रहरीले राजधानीका विभिन्न ठाउँबाट सय बढीलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार बिहीबार साँझ ६ बजेसम्म जेकजाँचका क्रममा अमर्यादित ढंगले सवारी चलाउने १०६ जना कारबाहीमा परेका हुन्।

प्रहरीले बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको हो। उनीहरुलाई केही समय होल्डमा राखेर कारबाही गरिएको हो।

ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सय बढी ट्राफिक प्रहरी परिचालन गरेको थियो।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार