देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

होल्डिङ्ग सेन्टर चम्पादेवी २ नवलपुरको अबलोकन

0

ओखलढुङ्गा – ओखलढुङ्गाको चम्पादेवी २ नवलपुरमा रहेको होल्डिङ सेन्टरको अबलोकन गरिएको छ ।  देश तथा विदेश बाट आएका सङ्कास्पद व्यक्तिलाई सो होल्डिङ्ग सेन्टरमा राखी पिसिआर चेक गरि पिसिआर रिपोर्ट आएपछी मात्र नागरिकलाई आफआफ्नो घरघरमा पठाउने हेतुले  होल्डिङ्ग सेन्टर निर्माण गरि त्यस ठाउको सम्पुर्ण सुविधाहरुको अबलोकन गरिएको हो।

उक्त होल्डिङ्ग सेन्टर अबलोकनमा चम्पादेवी गाउँ पालिका अध्यक्ष नबराज केसि,प्रजिअ कृष्ण पौडेल, सप्रजिअ,प्रहरी निरीक्षक,ससहस्त्र प्रहरी,नेपाली सेना,स्वास्थ्य कर्मी,स्थानीय उपस्थित रहेको सो नवलपुर स्थित होल्डिङ्ग सेन्टरमा चम्पादेवी गाउँ पालिका अध्यक्ष केसि तथा प्रजिअ पौडेलले अबलोकन तथा मुल्यांकन गरेका हुन्।

३० बेड रहेको होल्डिङ्ग सेन्टर नवलपुरमा विगतदेखि नै देश तथा विदेशबाट आएका नागरिक सरकारको मापदण्ड रहि नियम पुर्वक पिसिआर चेक गरि आफ्नो घर गएको अबका दिनमा पनि सोहि मापदण्ड पालन गराइ गर्ने कुरा चम्पादेवी गाउँ पालिका अध्यक्ष केसिले बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार