देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१०८ बर्षे बुबाले गराए छोराको चौरासी पूजा

0
<p>रासस</p>

रासस

परासी – नवलपासीको सुनवल नगरपालिकामा एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिएका छन् ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद  लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासीहरु बताउँछन् ।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन् । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम  छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार