देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘१० बजे कार्यालयमा कर्मचारी नपुगे तलब काटिन्छ’ – उपप्रधामन्त्री श्रेष्ठ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारवाही हुने बताएका छन्।

सोमबार उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरूपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताए। ढिलो आएर काम छल्नेको तलब काटिने उनले बताए।

अत्यावश्यक र विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताए।

यस्तै, उनले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार