देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

११ वैशाखदेखि काठमाडौंको धारामा मेलम्चीको पानी

0

काठमाडौं – आगामी ११ वैशाखदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले काठमाडौंमा ११ वैशाखदेखि उपत्यका आसपासका घरका धारामा मेलम्चीको पानी आउने बताएका हुन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताए ।

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नका लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु पर्छ’, मन्त्री चौधरीले भने, ‘मेलम्चीको वैकल्पिक श्रोतको रुपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्न सकिने विषयमा अध्ययन भइरहेको छ ।’

खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बताए ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले शुद्ध खानेपानीको अभावलाई पूरा गर्न बोर्डले काठमाडौंका १६ वटा सार्वजनिक स्थलहरुमा ‘वाटर एटीम’को व्यवस्था गरेको जानकारी दिए ।

सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्यालयमा स्थापना भएको ‘वार रुम’को उद्घाटन गर्नु भयो । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटिएमको व्यवस्था गरेको छ । वाटर एटिएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रुपमा संचालन गर्न बोर्डको कार्यालयबाटै २४संै घण्टा निगरानी गर्न मिल्ने बोर्डका बरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार