देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१५ हजार घूससहित वडा अध्यक्ष रंगेहात पक्राउ

0

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिसकालागी घुस माग्ने वडाध्यक्ष पक्राउ गरेको छ ।

अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीलाई पक्राउ गरेको छ। घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई १५ हजार रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार