देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१६ जनामा कोरोना देखिएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल

0

(धनगढी) – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल गरिएको छ । १६ जनामा कोरोना संक्रमण देखिएपछि आइतबार देखि एक हप्ताका लागि वडा सिल गरिएको हो ।

वडामा थप संक्रमण फैलिन नदिनका लागि वडा सिल गरिएको नगरपालिकाले जनाएको छ । संक्रतिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि नमूना संकलन गरिने छ।

संक्रमितहरुलाई वडाको बालकल्याण आधारभूत विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार