देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१७ बर्षपछी फेसबुक प्रयोगकर्ता ह्वात्तै घटे

0

एजेन्सी – सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता १७ वर्षमा पहिलो पटक ह्वात्तै घटेका छन्।

नयाँ रिपोर्टअनुसार फेसबुक कम्पनीले आफ्नो मेटा भर्सन प्रयोगमा ल्याएपछि १७ वर्षमा पहिलो पटक फेसबुक प्रयोगकर्ता ह्वात्तै घटेका हुन्।

मेटा फेसबुकद्धारा हालै जारी नयाँ रिपोर्टका अनुसार फेसबुकले सन् २०२१ को चौथो त्रैमासिकमा आफ्ना ५० लाख दैनिक प्रयोगकर्ता गुमाएको छ। कम्पनी स्थापना भएको १७ वर्षमा फेसबुकले ठूलो संख्यामा आफ्ना प्रयोगकर्ता गुमाउनुपरेको सो रिपोर्टमा उल्लेख छ।

हालः फेसबुकका संसारभर कूल १.९३ बिलियन सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार