देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१८ वर्षीया सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा

0

काठमाडौं – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

बीबीसी ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना पनि परेकी हुन् ।

यो सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

​सपनाको संस्थाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। पशुपति आर्यघाटमा उनीहरुले यो काम गर्दै आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार