देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१९ राष्ट्रिय सभा सदस्यका लागि यी हुन् सात प्रदेशका ४३ उम्मेदवार [सूचीसहित]

0

काठमाडौं – माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको लागि ४३ जनाले उम्मदेवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार सात प्रदेशमा विभिन्न दलबाट ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगको भनाइ छ ।

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि १९ रिक्त पदका लागि माघ १२ मा चुनाव हुनेछ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार