देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्गलादेश जाँदै

0

काठमाडौं – बङ्गलादेशमा हुने साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ ।

नेपाली टोली मंगलबार दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला १९ वर्षमुनिको टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्गलादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्रीलङ्कासँग डिसेम्बर १५ तथा तेस्रो खेल भुटानसँग डिसेम्बर १७, चौथो खेल भारतसँग डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार