देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१ किलो बढि सुन र करिब डेढ करोड रुपैयाँसहित चार नेपाली र ३ भारतीय पक्राउ

0

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चार नेपाली र ३ भारतीय नागरिक छन् ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका -३  टाँटेका ४७ वर्षीय गणेशदत्त बडू,आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन्। यसैगरी भारत महाराष्ट्रका अमोल विभुते,ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे रहेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान  कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी  विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सातजनालाई पक्राउ गरेको जानकारी गराएको हो। 

उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) ,१ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सुन बिक्रीवितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार