देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१ थान कस्तुरीको विना सहित ३ जना पक्राउ

0

रुपन्देही – कस्तुरीको विना एक थान सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । देवदह नगरपालिका-१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका-२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका-१० बस्ने बागलुङ नगरपालिका-६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।

वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार