देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

0

काठमाडौं – सरकारले आगामी ३० वैशाखमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेकोले देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो ।

म्यादी भर्ना गर्दा पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ । प्रहरी प्रधान कार्यालयले सोहीअनुसार योजना बनाएर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

प्रधान कार्यालयले म्यादी प्रहरी परिचालनका लागि मात्रै ७ अर्ब १९ करोड ९४ लाख बजेट माग गरेको गृह स्रोतले जानकारी दिएको छ । त्यसबाहेक ९ अर्ब २९ करोड रकम प्रधान कार्यालयले सरकारसँग माग गरेको छ ।

नेपाल प्रहरीमा हाल करिब ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार