देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१ लाख ५३ हजार नगद सहित पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ

0

काठमाडौँ – नेपाल सरकारका पूर्वराज्यमन्त्री खोभारी राय काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

उनीहरूका साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको ज्ञवालीले जानकारी दिए । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए ।

पटक-पटक मन्त्री बनेका राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार