देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२०८४ सालसम्म कांग्रेस प्रतिपक्षमै बस्छ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं। २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

कांग्रेसले विसं २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।’

महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्नै छोड्ने भन्ने चाहिँ नहुने बताए । उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार