देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२० जना राजदूतमा को को भए सिफारिस ?

0

काठमाडौं – सरकारले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले परराष्ट्र सेवाबाट ८ जना र १२ जनाको नाम राजनीतिक दलबाट सिफारिस गरिएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।

विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा रामसुरज राय यादब (डेनमार्क), नवराज सुवेदी (साउदी अरब), नरेशविक्रम ढकाल (देश नखुलेको)

परराष्ट्र सेवातर्फ (देश नखुलेको) : घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी।

त्यसैगरी मन्त्रिपरिषद्‌ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। सञ्चार मन्त्रालयको छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये क्याविनेटले पौडेललाई नियुक्त गरेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार