देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२४ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकृत

0

काठमाडौं – सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करीब २४ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गरेको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २ सय मिलियन अमेरिकी डलर अर्थात करीब २४ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा स्वीकार गरिएको सो ऋण सहयोग बजेटरी सहायता रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार