देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२४ वर्षदेखि लगातार अपराजित जननिर्वाचित नेम्वाङ

0

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

मंगलबार राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएका नेम्वाङ त्यसपछी कहिल्यै नफर्कने बाटो लागेका थिए ।

७४ वर्षीय पूर्व सभामुख नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी अहिले नेकपा एमाले संसदीय दलको उपनेताको भुमिकामा थिए।

इलामको सुन्तलाबारीमा २००६ सालमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए।

एमालेको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए। २०२९ सालमा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील थिए।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

२०५६ को निर्वाचन जितेर सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेपछी उनको चर्चा चलिएको थियो।

उनी जनआन्दोलन ०६२–०६३ सँगै पुनर्स्थापित संसद्का सभामुख बनेका थिए। २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए। चारपल्ट संघिय संसदको सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए।

पछिल्लो आम निर्वाचनमा नेम्वाङ इलाम(२ बाट विजयी भएका थिए।

एमाले स्थायी कमिटी सदस्य नेम्वाङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययनपछि नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म प्राध्यापन गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार