देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२८ महिनामा एमालेका तीन लाख १० हजार सदस्य घटे

0

काठमाडौं – नेकपा एमालेमा २८ महिनाको अन्तरालमा करिब तीन लाख १० हजार सदस्य घटेका छन् ।

दशौँ महाधिवेशनलगत्तै व्यवस्थित अभिलेखका लागि सदस्यता नवीकरण अभियान चलाएको एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको प्रतिवेदनमा पछिल्लो सदस्य संख्या जानकारी गराएको हो ।

०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा आठ लाख ५६ हजार सदस्य यकिन गरेको एमालेले ८ र ९ वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमा संगठित सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ जना रहेको उल्लेख छ । 

प्रतिवेदनअनुसार यसबीचमा तीन लाख नौ हजार तीन सय पाँच सदस्य घटेका छन् । दशौँ महाधिवेशनका वेला पार्टी विभाजनका कारण एकीकृत समाजवादी र माओवादीतिर गएका तथा निष्क्रिय रहेकाकोेसमेत तथ्यांकलाई आधार मानेर सदस्यता यकिन गरिएकाले अहिले तथ्यांकमा धेरै फरक परेको एमालेको तर्क छ । तर, नेकपा विघटनपछि मात्रै एमालेले दशौँ महाधिवेशन गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार