देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

२ मतले हारेपछी पुनः मतगणनाको माग गर्दै सानेपा पुगे गच्छदार

0

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदमा २ मतले पराजित भएपछि विजयकुमार गच्छदार पुनःगणनाको माग लिएर पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग जम्मा २ मतान्तरले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर सानेपा पुगेका हुन् ।

बुधबार राती मतगणना कार्य सकिएपनी गच्छदारले निवेदन दिनेभएपछी मतपरिणाम सार्वजनिक गरिएको छैन । गुरूङकाे १९०८ र गच्छदारकाे १९०६ भाेट आएकाे बताइएकाे छ ।

‘मतपरिणाममा चित्त बुझेन । एकाएक कसरी मत घट्याे थाहा भएन । त्यसैले म पुन:मत गणानाकाे मागसहित पार्टी कार्यालय जाँदैछु’ गच्छदारले भने ।

आधिकारिक रुपमा मत परिणाम सार्वजनिक नभएपनी मतदाता लगायत काँग्रेसका शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत उप सभापतीको रुपमा खड्का र गुरुङ्गलाई बधाई दिइरहेका छन् ।

निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भाेट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भाेट ल्याए । गुरूङले गच्छदारलाइ २ भाेटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८०  भाेट ल्याउँदा सुजता काेइरालाले ६४४, महेश अाचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार