देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

३ मन्त्री र २४ संघिय सांसद कोरोना संक्रमित

0

काठमाडौं – नेपाल सरकारका तीनजना वहावाला मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।

संसद सचिवालयका अनुसार सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछी हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको हो ।

कोरोना भाइरसबाट संक्रमितहुने मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् । तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् ।

संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार