देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसका ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न सिफारिस

0

काठमाडौं – नेपाली कांग्रेस कैलालीले अन्य पार्टीमा प्रवेश गरेका ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

कांग्रेसले अन्य पार्टिमा प्रवेश गरेका जनप्रतिनिधीलाई पार्टीबाट पदमुक्त गर्दै जनप्रतिनिधिको पद समेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

कारबाही सिफारिस गरिएका १५ जना जनप्रतिनिधि कांग्रेस त्यागेर हाल अन्य राजनीतिक दलमा प्रवेश गरेकाले निजहरुलाई साधारण सदस्यसमेत नरहने र स्थानीय तहको पदसमेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको प्रचारप्रसार प्रमुख सुनारले बताए।

कांग्रेस कैलालीले टीकापुर वडा नम्बर १ का अध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारु, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का सदस्य वीना थारु, वडा न ३ सदस्य भागीदेवी कामी, वडा न ४ सदस्य तुलसादेवी बिक, वडा न ४ सदस्यद्वय प्रेमलाल चौधरी र रुपमती डगौरा थारु, वडा न ५ का चार सदस्य बलवीर थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु र सरिता भुल, वडा न ६ का दुई सदस्य रामशंकर चौधरी र जमुना चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस पठाएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार