देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

४ थान भरुवा बन्दुक सहित बाजुराबाट २ जना पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

बाजुरा – भरुवा बन्दुक ४ थान सहित बाजुराबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका-३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामीलाई ४ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो देखिने खप्पर सहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको थियो ।

साथै उनीहरुले सोही ठाउँस्थित खाली गोठमा लोड गरी लुकाई राखेको बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार