देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

५० हजार घुससहित विव्यस अध्यक्ष र प्रअ रङ्गेहात पक्राउ

0

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेकाे एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेकाे छ ।

बिहिबार बेलुका ५० हजार रुपैयाँ घुससहित अख्तियारले दुई जनालाई जलेश्वरमा रहेकाे एक होटलमा ५ बजे पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारकाे केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीकाे प्रकिया अगाडि बढाइएकाे अख्तियारले जनाएकाे छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार