देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाकाे खोप दिने तयारी

0

काठमाडौं – सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि बालबालिकालाई मिल्ने खोपको खरिदको तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले यो उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खरिदको प्रस्ताव गरेकोमा फाइजर कम्पनीले सम्झौताका लागि दुई महिनाको समय मागेको छ ।

स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘फाइजर कम्पनीले लिखित प्रक्रिया पूरा गरी दुई महिनाभित्रमा निर्णय र सम्झौता गर्ने जानकारी गराइसकेको छ । उसले खोप दिने आसय व्यक्त गरेको छ ।’

५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ । १२ वर्षभन्दा माथिका सबैलाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार