देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाउँदा खुसी लागेको छ – सुनिल थापा

0

काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक शक्ति एक हुन जरुरी रहेको बताएका छन्। पुर्व मन्त्रि सुनिल बहादुर थापा लगायत राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्न आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका हुन्। ‘भोलि आउने चुनौती सामना गर्नका लागि पनि यो जरुरी छ।,

कार्यक्रममा सभापति देउवाले सुनिल थापाससँग एउटै क्याबिनेटमा काम गरेको पनि स्मरण गरे,’ देउवाले भने, ‘मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो। उहाँ राम्रो काम गर्न सक्ने मानिस हो। म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा। कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो।’राप्रपा छाडेर आएका ध्यानकृष्ण भट्टराई, विष्णु थापा, बाबुराम बस्नेत, वृज यादव, दीलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुर्मान विक, राम शाह लगायतलाई देउवाले सदस्यता र पौडेलले माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताएका छन्। मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले कांग्रेस प्रवेश गर्नु आफ्ना लागि सौभाग्यको कुरा रहेको बताएका हुन्। नेता थापा सँगै पुर्व गृहराज्य मन्त्रि बिष्णु विक्रम थापा राप्रपा प्रवक्ता किरण गिरी लगायत एघार केन्द्रिय सदस्य सहित राप्रपाका सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

पार्टि प्रवेशकोनेतृत्व गरेका थापालेआफु कांग्रेस नेताहरुको भाग खोस्न पार्टी प्रवेश नगरेको बताए। ‘म भाग खोस्न आएको होइन, साथमा अघि बढ्न आएको हो,’ उनले भने। थापाले आफ्ना पिता सूर्यबहादुर थापा २०१० सालमा धनकुटा कांग्रेसको सभापति भएको स्मरण गर्दै ६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाउँदा खुसी लागेको बताए। ‘६७ वर्ष अघि टुटेको नाता पुनः जोडिएको छ। यो नाता राम्रोसँग जोडिने विश्वास लिएको छु,’ उनले भने। उनले देशभरका राप्रपाका कार्यकर्तालाई कांग्रेस प्रवेश गर्न आग्रह समेत गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार