देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

६८३ पालिकाको मतपरिणाम सार्वजनिक, ३०४ सहित काँग्रेस पहिलो स्थानमा

0

काठमाडौं – गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचनको एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो ।

परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुखमा जित हात पारेको छ ।

यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।

उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । अझै काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार