देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

६ हजार प्रहरीले पाएनन् कोरोना बिमाको रकम

0

काठमाण्डौं – नेपाल प्रहरीका करिब साढे ६ हजार कर्मचारीले कोरोना बिमा बापतको रकम अझै पाउन सकेका छैनन्। गत भदौ १२ गतेबाट लागू हुने गरी बिमा गरिएको भएपनि प्रहरीहरुले बिमा रकम नपाएको गुनासो गरेका हुन्।

‘प्रक्रिया पूरा गरेर पेस गरिसकेका छन्, तर अहिलेसम्म कसैले पाएजस्तो मलाई लाग्दैन,’ प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले भने। हालसम्म कोराना संक्रमित प्रहरीको संख्या ६ हजार ९ सय २८ पुगेको छ। यीमध्ये ६ हजार २ सय ८४ जना निको भएर काममा फर्किसकेका छन्। ६ सय ४१ जना अहिले पनि कोरोनासँग लडिरहेका छन्।

तर उनीहरुको यो लडाइँमा बिमाको साथ रहेन। निको भएर फर्किएकाले पनि कागजात पेस गरेको महिनौं भइसक्यो, तर बिमा कम्पनीबाट भुक्तानी नपाएको प्रहरीको गुनासो छ । पछिल्लो पटक सरकारले बिमा रकम भुक्तानीका लागि ताकेता गरेपछि केही आशा जागेको उनीहरुले बताए।

भदौ १२ गते पहिले नै कोरोना संक्रमण भएका प्रहरीले बिमा रकम पाउँदैनन्। तर त्यसपछि सबैलाई लागू हुने गरी प्रहरीहरुको बिमा प्रधान कार्यालयले गरेको छ। करिब ६ हजार ५ सय जति बिमा दाबी गर्न योग्य प्रहरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर चार महिना बित्न लाग्दा पनि प्रहरीहरुले यसको लाभ भने लिन पाएका छैनन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार