देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

७० करोड कमिसन प्रकरणबारे गोकुल बाँस्कोटामाथि यसरी हुँदैछ छानबिन

0

मध्यविन्दु/काठमाडौं– ७० करोड कमिसन प्रकरणमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा मुछिएपछि अब उनको अनुसन्धान कसरी होला भन्ने विषयलाई चासोको रुपमा हेरिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने बास्कोटाको छानबिन अब कसरी होला ? आमनागरिकको चासो बनेको छ । यता, शनीबार बसेको नेकपा सचिवालय बैठकले ७० करोड कमिसन प्रकरणबारे बाँस्कोटामाथि छानबिन गर्ने निर्णय गरेको छ । बाँस्कोटाको सम्बन्धमा बैठकले अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने निर्णय गरेको हो ।

छानबिन गर्ने निकाय केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको बताउँदै नेकपाका एक नेताले भने, ‘बाँस्कोटाको विषयमा सरकारी निकायले छानबिन गर्छ ।’ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गे्निङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै गएको बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार