देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

७१ निर्वाचन आयुक्त हटाएर नयाँ नियुक्ति

0

काठमाडौं – निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तलाई हटाएर नयाँ नियुक्त गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना निर्वाचन अधिकृले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उहाँहरुलाई हटाएर नयाँ आयुक्तलाई नियुक्त गरिएको जानकारी दिए।

उनका अनुसार अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको हो। यसैगरी, निर्वाचन आचारसंहितामा सबै राजनीतिक दलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको पनि उनले जानकारी दिए ।

नेकपा (एमाले)ले केहीँ विषयमा अस्पष्टता जनाउँदै पत्र बुझाएको जानकारी दिँदै सहायक प्रवक्ता अर्यालले भने, ‘एमालेले आचारसंहितामा केही स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रुपमा आयोगमा पेश गरेको छ। यस विषयमा स्पष्ट भइसकेपछि उहाँहरुले हस्ताक्षर गर्नुहुनेछ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार